बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज १५ गते

५९ वर्षीया महिलालाई असोज १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय मुकेश बिकलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले असोज १५ गते इलाका प्रहरी कार्यलय बेल्टारमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बेल्टार अस्पतालमा असोज १५ गते गरिएको छ ।


सुजाता ढुङ्गाना