बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज ८ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–५ सिद्धपोखरीका ६४ वर्षीय गणेशबहादुर याख्खालाई असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ४  गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सिद्धपोखरी बजारबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असोज ८ गते गरिएको छ ।


भविन कार्की