बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज ७ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय पल्टु मण्डललाई इलाका प्रहरी कार्याल धनुषाधामले असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १७ गते घाँस काट्न खेत गएको वेलामा आरोपित मण्डलले बालिकालाई १ हजार रुपैया दिने लोभ देखाएर बलात्कार गरेको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको धनुषाधाम नगरपालिकाका-५ का अध्यक्ष इन्दल महतोले बताउनुभयो । वडाध्यक्ष महतोले दोषीमाथि कानुनी कारवाहीको माग समेत गर्नुभयो ।

पीडित पक्षलाई आरोपितविरूद्ध उजुरी दिन आग्रह गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर सुरेश ठाकुरले बताउनुभयो ।

पीडित पक्षबाट औपचारिक रुपमा उजुरी नपरेकाले गर्दा स्वास्थ्य परिक्षण समेत नभएको इन्स्पेक्टर ठाकुरले बताउनुभयो ।


दिपेन्द्रप्रसाद सिंह