बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा हल्दिबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वर्कमा र मोरङ जिल्ला उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय  निदिप धिमाललाई प्रहरीले ०७८ भदौ २८ गते धुलिखेल नपा–७ बाट गिरफ्तार गरेको छ ।

पीडितलाई भदौ २६ गते बनेपा नपा–१२ जनागालमा बलात्कार गरेको भन्दै आरोपितद्वय विरुद्ध पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बनेपामा भदौ २७ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण शीर मेमोरियल अस्पताल बनेपमा भदौ २७ गते गरियो ।

आरोपितविरुद्ध करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार जबरजस्ती करणी गर्न नहुने उद्योगको शीर्षकमा भदौ २८ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।


हिरामान लामा