बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २८ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिकाबाट १७ वर्षीय बालकलाई प्रहरीले ०७८ भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाइफकाई ०७८ भदौ १० गते आरोपितले आफ्नै निवासमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २५ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई भदौ २७ गते ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते नै पाटन अस्पताल लगनखेलमा गरियो ।


दीपकप्रसाद घिमिरे