बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २६ गते

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–६ कचिडेका २७ वर्षीय मोहन कार्कीलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नहकुल पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २५ गते गरिएको छ ।


ईश्वर थापा