बलात्कार घटनाका आरोपित गिरफ्तार 

  ०७८ भदौ २५ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा घर भइ हाल पोखरा महानगरपालिका –३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने ५७ वर्षीय सोवित मान लिम्बुलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पीडित पक्षले आरोपितविरुद्ध भदौ २५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उहाँले बताउनुभयो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ २५ गते गरिएको छ ।


सुशन घिमिरे