बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत गोरखपुर स्थायी घरभई कोटहीमाई गाउँपालिका– ५ मझगाँवामा चिया पसल गर्दै आएका २१ वर्षीय अर्जुन भनिने करण हलुवाईलाई भदौ २३ गते मझगाँवाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका छन् । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर अमृत भण्डारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी