बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २५ गते

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–९, चेतना चोकका ३७ वर्षीय रमेश थापा मगरलाई प्रहरीले ०७८ भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई प्रलोभनमा पारेर ०७८ भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित थापा मगरविरुद्ध ०७८ भदौ २३ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई भदौ २३ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते नै पाटन अस्पताल, जाउलाखेलमा गरिएको छ ।


दीपकप्रसाद घिमिरे