बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २३ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय आफन्तलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन