बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ भदौ १४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-७ का १९ वर्षीय केशव क्षेत्रीलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।


रीमा बिसी