बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ र १५ वर्षीया दुई बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित कालिका गाउँपालिका–३ धारापानीका २० वर्षीय नवराज न्यौपानेलाई प्रहरीले ०७८ भदौ १६ गते घरबाट गिरफ्तार गरेको छ ।
सोही घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले ०७८ साउन ५ गते घरैबाट गिरफ्तार गरेको थियो ।
पीडित बालिकाहरू साउन १ गतेदेखि हराएको भन्दै पीडितका आफन्तले साउन २ गते इलाका प्रहरी कार्यालय कालिकामा खोजबिनका लागि खबर गरेका थिए ।
काममा लगाइदिने भन्दै पीडित बालिकाहरूलाई केरुङतर्फ लैजाने क्रममा गोसाईगुण्ड गाउँपालिका–६ बाट प्रहरीले उद्धार गर्नुका साथै घटनाका आरोपित लामिछानेलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिका दुवै जनालाई काममा लागई दिने भन्दै फकाएर लामिछानेको घरमा बन्धक बनाई बलात्कार गरेको भन्दै आरोपितहरूविरुद्ध पीडितका आफन्तले भदौ ५ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार भदौ ५ गते रसुवा जिल्ला अस्पतालमा गरियो ।
दुवै जना बालिकालाई ललाई फकाई सन्तोष लामिछानेको बन्धक बनाएर बलात्कार गरेको आरोपमा लामिछाने र न्यौपालेलाई गिरफ्तार गरी आवश्यक अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र पाण्डेले बताउनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…