बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपाालिका८ का २० वर्षीय नारायण गिरीलाई भदौ १५ गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

 प्रहरीले आरोपितविरुद्ध भदौ १६ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

 पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।


सन्तोष थापा