बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ १४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २ गतेदेखि बेनीको होटलहरुमा लगेर पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा भदौ १२ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन बेनी नगरपालिका–७ बाट गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते बेनी अस्पतालमा गरिएको छ ।


अमृतप्रसाद पौडेल