बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ १० गते

अपाङ्गता भएकी ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  २६ वर्षीय भाइलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ८ गते जिल्ला अस्पताल गोरखामा गरिएकाे छ।


हरिराम उप्रेती