बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २ गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ मतखोलाका ४० वर्षीय बलिराम थारूलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ३० गते बलात्कार गरेको  भन्दै पीडितपक्षले साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितपक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ३१ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी