बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन ३२ गते

६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रूण्टीगढी गाउँपालिका–४ का ४० वर्षीय टीकाराम सुनारलाई साउन २९ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २९ गते इलाका प्रहरी कार्यालय, होलेरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेजराज सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको छ ।

 


तिलक घर्ती मगर