बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन ३२ गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३६ वर्षीय नातेदारलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितपक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २९ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल