बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २७ गते

साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सौराह फर्सिटिकर-५ केवलपुरका २६ वर्षीय युवराज पाण्डे (सन्तोष)लाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकका अभिभावकले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते भिम अस्पताल भैरहवामा गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर धर्मराज भण्डारीले जानकारी दिए ।


रीमा विसी