बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन २८ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबु र ३० वर्षीय काकालाई साउन २६ गते गिरफ्तार गरेको हो ।

पीडितलाई आरोपित बाबुले जेठ ७ गते र काकाले साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरुविरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालय पर्बतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी राजेन्द्र अधिकारीले बताउनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितहरु सोही दिन गिरफ्तार गरी उनीहरुविरुद्ध साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरेर १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २७ गते पर्वत अस्पतालमा भयो ।


सन्तोष थापा