बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका–१ पाटीगाउँका २७ वर्षीय सूर्यकुमार राईलाई साउन २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर खनालले बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन २५ गते गरिएको छ ।


नेत्रप्रसाद अधिकारी