बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन २५ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३७ वर्षीय बाबु र ३२ वर्षीय काकालाई साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपित बुबाले विगत दुई वर्षदेखि पटकपटक बलात्कार गरेको र काकाले ०७७ कात्तिकमा  फकाइफुलाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरुविरुद्ध साउन २२ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

पीडितको स्वास्थ्यमा वैशाख महिनाबाट समस्या देखिएपछि उपचारको क्रममा घटना बहिर आएको र आरोपितहरुलाई गिरफ्तार गरी उनीहरुविरुद्ध साउन २४ गते जिल्ला अदालत गोरखाबाट जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते गोरखा अस्पतालमा भएको थियो ।


हरिराम उप्रेती