बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घरपझोङ गाउँपालिका–२ मार्फाका १९ वर्षीय सौगात गोतामेलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन घरपझोङ गाउँपालिका–२ मार्फाबाट गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत मुस्ताङबाट १५ दिनको म्याद थप गरी घटनाकाे अनु्सन्धान अगाडि बढाइएको सरकारी वकिल कार्यालय मुस्ताङका निमित्त जिल्ला न्यायाधीवक्ता टेकनाथ अधिकारीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते जोमसोम अस्पतालमा गरिएको छ ।


अमृतप्रसाद पौडेल