बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–६, टिकाभैरब बस्ने ३६ वर्षीय मनिस नगरकोटीलाई प्रहरीले ०७८ साउन ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई काठमाडौँको गैरीधाराबाट ललाईफकाई ०७८ असार १० गते ट्रिपरमा राखि सोही सबारीमा बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १० गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई साउन ११ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते पाटन अस्पताल गरियो ।


दीपकप्रसाद घिमिरे