बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १३ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–७ का ३२ वर्षीय शिलास भनिने दीपेन राईलाई साउन ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई साउन ११ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ४ गते गरिएको छ ।


भोजराज कार्की