बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन ११ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला बाह्रपोखरी गाउँपालिका२ का २१ वर्षीय राम मगरलाई साउन १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन ९ गते मौखिक उजुरी दिएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराउने क्रममा पीडित गर्भवती रहेको थाहा पाएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध साउन १० गते पर्वत जिल्ला अदालतमा जबजस्तीकरणी र्शीषक अन्तरगत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १० गते पर्वत अस्पतालमा भएको छ ।


सन्तोष थापा