बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १० गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–३ चाम्बासका २४ वर्षीय अशोक गुरुङ र २३ वर्षीय देवराज सुनारलाई साउन ९ गते गिरफ्तार गरेको छ भने घटनामा संलग्न अरु तीन जना आरोपित फरार रहेका छन् ।

पीडितलाई आरोपितहरुले साउन ५ गते देखि साउन ८ गतेसम्म पालैपालो बलात्कार गरेको भन्दै स्थानीयहरुले साउन ८ गते इलाका प्रहरी कार्यालय डुम्रेमा सूचना दिएपछि प्रहरीले पीडितलाई सोही दिन उद्धार गरेको इलाका प्रहरी कार्यालय डुम्रेका इन्स्पेक्टर प्रकाश भुषालले जानकारी दिनुभयो ।

पीडितले आरोपितहरुविरुद्ध इलाका प्रहरी कार्यालय डुम्रेमा साउन ९ गते उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि दुईजना आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाको थप अनुसन्धान सुरु गरिएको छ भने फरार रहेका अन्य आरोपितहरुको खोजि भइरहेको इन्स्पेक्टर भुषालले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते दमौली अस्पतालमा भयो ।


प्रकाशचन्द्र भट्टराई