बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता हुनु भएकी ६० वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–८ दोखुका ३५ वर्षीय विष्णु बराललाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशकुमार अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ८ गते गरिएको छ ।


देवराज गुरुङ