बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन ६ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ५२ वर्षीय हिरालाल चौधरीलाई साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय गढवामा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।


जयनारायण पुन