बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठोरी गाउँपालिका–५ सुवर्णपुरका ४८ वर्षीय सुनीलकुमार परियारलाई साउन १ गते गिरफ्तार गरेको छ ।
गत असार २८ गते परियारले घरमा कोही नभएको मौका छोपी बालिकालाई बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका आरोपित परियारलाई गिरफ्तार गरिएको सुवर्णपुर प्रहरी चौकीका असई इन्दिबर चौधरीले बताउनु भयो ।
बलात्कारको घटनापछि पीडित बालिकाको स्वास्थ्यमा असर परेको थियो । पीडित परिवारले सोधपुछ गर्दा आरोपित परियारले बलात्कार गरेको बालिकाले बताएको पीडित परिवारले जनाएको छ ।
पीडित बालिकाको हजुरबुबाले जिल्ला प्रहरी कार्यालय पर्सामा साउन १ गते उजुरी दिनु भएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते बीरगञ्जको नारायणी अस्पतालमा गरिएको छ ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…
बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको…