बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १ गते

१९ वर्षीया महिलालाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं. २१ बस्ने २७ वर्षीय सुनिल महतो र पोखरीया नपा–६ बस्ने २५ वर्षीय शिवबालक महतोलाई असार ३० गते गिरफ्तार गरेको छ ।

असार २७ गते बिहान रुकुम जिल्ला घर भएकी १९ वर्षीया महिलालाई ना. ५ ख. २८७० नम्बरको ट्रक चालक सुनिल महतोले बलात्कार गरेको भन्दै पीडितले असार ३० गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनु भएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा गरिएको छ ।

ना. ५ ख. २८७० नम्बरको ट्रक चालक महतोले दुई वर्षीय छोरा सहित बुटवल जान कलङ्कीमा सार्वजनिक यातायातको पर्खाइमा रहेकी महिलालाई नारायणगढसम्म पुर्‍याइदिन्छु भनि ट्रकमा चढाएको पीडितले बताउनु भयो ।

पहिरोका कारण चितवनमा बाटोमा जाम भएपछि गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिनभित्र सीटमा बलात्कार गरेको पीडितको आरोप छ ।

असार २८ गते जाम खुलेपछि महतोले युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउँसो १ बजे शिवबालक महतोले चलाएको ना.६ ख. ३३६९ नम्बरको ट्रक रोकी उक्त ट्रकमा चढाइदिएको पीडितले बताउनु भयो । ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ती युवतीले बताइन् ।

महतोले ट्रकमा उनलाई बीरगंजतर्फ ल्याएको र बीरगंज ल्याउने क्रममा पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक बलात्कार गरेको पीडित महिलाले बताउनु भयो ।

आरोपित महतोले ट्रकका सहचालक सोही ठाउँका २७ वर्षीय इन्दल चौहानलाई ड्राइपोर्टसम्म पु¥याउन भनेकोमा सहचालक चौहान र पकहामइनपुर गाउँपालिका कटीबलुवा टोल बस्ने ४० वर्षीय भोला प्रसादले ड्राइपोर्ट (परवानीपुर सडकखण्डको बिचबाटो) मा गाडी रोकी पालैपालो बलात्कार गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडेर हिँडेको पीडित महिलाको आरोप छ ।

दिउँसो ५ बजेको समयमा र्सिसीया प्रहरी चौकीको गस्ती टोलीले पीडित महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

प्रहरीले घटनामा संलग्न सुनिल महतो र शिवबालक महतोलाई उहाँहरूले चलाएको दुई ओटा ट्रकसहित गिरफ्तार गरेको हो । घटना संलग्न आरोपित इन्दल चौहान र भोला प्रसादको खोजतलाश भइरहेको डिएसपी खनालले बताउनु


कृष्णचन्द्र लामिछाने