बलात्कार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–४ का ३५ वर्षीय निम्तेन्जी शेर्पालाई असार २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७५ साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०७५ साउन १७ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७५ भदौ २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
आरोपितविरूद्ध जिल्ला अदालतले ०७५ भदौ २४ गते ३ लाख ७८ हजार रुपियाँ धरौटी माग गरी तारेखमा रिहा गरेको थियो । तारेखमा रिहा भएका आरोपितविरूद्ध अदालतले ०७५ पुस १८ गते कसुर गरेको ठहर गर्दै २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । तारेखमा रिहा भए लगत्तै फरार भएका आरोपितलाई ०७८ असार २९ गते गिरफ्तार गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशकुमार अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७५ साउन १७ गते गरिएको थियो ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…