बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार २्९ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–१ चौघरेस्थित ठोस्ने खोलाका ६६ वर्षीय फ्याङसिर घ्यावालाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७८ असार २८ गते पीडितको निवासमा गई बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले आरोपितविरुद्ध महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई असार २९ गते ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २८ गते नै पाटन अस्पताल गरियो ।


दीपकप्रसाद घिमिरे