बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार २४ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय स्याङजामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरुद्ध हाडनाताकरणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २२ गते जिल्ला अस्पताल स्याङजामा गरिएको छ ।


तिलकुमारी थापा