बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार २४ गते

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय आफन्तलाई असार २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २१ गते  जिल्ला अस्पताल सन्धिखर्कमा  गरिएको छ ।


नारायण भुसाल