बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार २२ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धीखर्क नगरपालिका–७ का २२ वर्षीय रमेश नेपालीलाई असार २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १९ बलात्कार गरेको भन्दै पीडितपक्षले असार २० गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १९ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।


नारायण भुसाल