बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार २० गते

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेचासल्यान गाउँपालिका–३ का ४४ वर्षीय कुमार पुर्कुटीलाई असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असार १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १८ गते गरिएको छ ।


भोजराज कार्की