बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार १७ गते

१४ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका– २ का १८ वर्षीय पोखराज वली र २२ वर्षीय देवराज वलीलाई असार १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असार १७ गते  उजुरी दिएको इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी बताउनु भयो ।

पीडितहरू स्वास्थ्य परीक्षण असार १७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन