बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार १७ गते

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१० भैँसीपङ्गखाका ३५ वर्षीय बाबुलाई असार १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन वार्तामा बताउनु भयो । पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई अनुसन्धानका गिरफ्तार गरेको इन्स्पेक्टर लामाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १६ गते गरिएको छ ।


गणेश विष्ट