बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार १३ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नपा–७ फुलबरियाका २० वर्षीय कृष्ण पटेललाई मौखिक उजुरीका आधारमा असार १० गते राति गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

घटनाका अर्का आरोपित पर्सागढी नपा–६ चैनपुर बस्ने २२ वर्षीय कमलेश सहनी फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ११ गते बीरगंजको नारायणी अस्पतालमा गरिएको छ ।


कृष्णचन्द्र लामिछाने