बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्ष ६ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-११ बुद्धनगरका ३२ वर्षीय विनोदकुमार दर्जीलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी अभिभावकले साउन २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।


रीमा बिसी