बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–२ का १९ वर्षीय महाबिरप्रसाद यादवलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको पीडितले भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २८ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २८ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपित यादवलाई घरबाटै गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताउनु भयो ।


दुर्गा परियार