बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ २८ गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का गोरे भनिने २६ वर्षीय गोविन्द विक र फल्के भनिने १८ वर्षीय कृष्ण थापालाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले जेठ २४ गते घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितपक्षले  जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।


जयनारायण पुन