बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुवाघाट गङ्गामाला नपा-१० का १८ वर्षीय सुनिल मल्ललाई भदौ २० गते गिरफ्तार गरेको छ ।
बलात्कारका कारण रहेको गर्भपतनमा सहयोग गरेको आरोपमा आरोपित मल्लका ४६ वर्षीय बावु दानबहादुर मल्ललाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित सुनिलले गत वैशाख १६ गते बलात्कार गरेको आरोप छ । बलात्कारपछि बालिकाको गर्भ रहेको थाहा पाएर भदौ १६ गते सुनिलका बुबा दानबहादुर मल्लले वीरेन्द्रनगरमा ल्याएर गर्भपतन गराएको प्रहरीले जनाएको छ ।
बलात्कार घटनालाई लुकाएकी पीडित बालिकाले गर्भपतन गराएपछि मात्रै उक्त घटनाबारे अभिभावकलाई बताएको प्रहरीले जनाएको छ ।
अभिभावकले भदौ १९ गते इलाका प्रहरी कार्यालय छिञ्चुमा ठाडो उजुरी दिएपछि घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर जयसिंह विष्टले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेहलकुना अस्पताल सुर्खेतमा भदौ १९ गते नै गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुरजङ्ग मल्लले बालिकाको गर्भपतन गराउने स्वास्थ्य संस्थाको पहिचान गरी कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…