बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नपा–९ बेलटाडीका ५९ वर्षीय कर्णबहादुर कामीलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ  १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन मौखिक जानकारी गराएपछि प्रहरी चौकी, ताराताल र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आरोपितको घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो ।

पीडितपक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढेको डिएसपी शाहीले बताउनु भयो ।

पीडितको स्वस्थ्य परीक्षण जेठ १९ गते गुलरिया अस्पतालमा गरिएको छ ।


मानबहादुर चौधरी