बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ १८ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १७ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते मेची अञ्चल अस्पताल, भद्रपुरमा गरिएको छ ।


नरेश खाती