बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–४ खुदीका ६० वर्षीय दुर्गबहादुर दमैलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले बाख्रा चराउन गएको बेलामा पहिलोपटक ०७७ असार महिनामा र पछिल्लो पटक ०७७ माघ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जेठ १० गते मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरुद्ध जेठ ११ गते जिल्ला अदालत स्याङ्जामा जबरजस्तीकरणी र्शीषक अन्तरगत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताउनुभयो ।
पीडितले डर र त्रासको कारण घटनाको बारेमा कसैलाई नभनेको पीडित पक्षले आरोपितविरुद्ध जेठ ११ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दिएको लिखित उजुरीमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते जिल्ला अस्पताल स्याङ्जामा भयो ।
तिलकुमारी थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…