बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ ३ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय आफन्तलाई  जेठ २ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडितले  जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

 


रीमा बिसी