बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ ३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले वैशाख ३१ गते मन्थली नगरपालिका– १३ का २२ वर्षीय रामबहादुर सुनारलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई वैशाख २७ र २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकालाई मार्ने धम्की दिँदै आरोपितले यसअघि पनि पटकपटक बलत्कार गरेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३० गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।


नवराज घिमिरे