बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई साउन १४ गते बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बलात्कार घटनाका कारण बेहोस भएकी पीडित बालिका उपचारपछि अहिले होससम्म खुलेको पीडितका अभिभावकले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खोटाङमा गरिएको छ ।


सुनिता मगर